बलिउडकै अहिलेसम्म नबनेको व्यापारिक रेकर्ड राख्दै अक्षय कुमार



रंग खबर, काठमाडौँ | बलिउड खेलाडी सुपरस्टार अक्षय कुमार अहिले सम्मको बलिउडमा कसैले नराखेको रेकर्ड राख्ने धुनमा छन् । त्यो रेकर्ड अहिले सम्म बलिउडका कुनै पनि हिरोले राख्न सकेका छैनन ।

akshay-kumar-2-story_647_090915013613

यो साल खेलाडी कुमारका लागि निकै फलदायी रह्यो । किनकी अक्षयले अभिनय गरेका ‘एरलिफ्ट’ र हाउसफुल ३ ले बक्स अफिसमा धमाकेदार कलेक्सन गर्दै १०० करोड क्लबमा समावेश भैसकेका छन् । र अब अक्षयको यो सालको तेस्रो फिल्म ‘रुस्तम’ पनि १०० करोड क्लबको नजिक पुगिसकेको छ  । यदि ‘रुस्तम’ले पनि १०० करोड कमायो भने अक्षय बलिउडका एकै बर्षमा सर्वाधिक फिल्म १०० करोड क्लबमा  प्रवेश गराउने अभिनेताको रुपमा चिनिनेछन् । किनकि अहिले सम्म बलिउडमा कुनै पनि हिरोका २ भन्दा बढी फिल्मले एकै बर्षमा १०० करोड माथि कमाउन सकेका छैनन् ।

यो भन्दा पहिले सलमानका दुई फिल्म ‘दबंग २’ र ‘एक था टाइगर’ले एकै साल १०० करोड क्लबमा इन्ट्री गरेका थिए  । अक्षयको ‘रुस्तम’ले ८ दिनमा ९५ करोडको ब्यापार गरेको छ । फिल्मले दोस्रो विकेन्डमा १०० करोड क्लबमा इन्ट्री गर्दै यो रेकर्ड राख्ने छ ।

प्रतिक्रिया दिनुहोस्