‘रातो टिका निधारमा’लाई ३९.२१ प्रतिशत शोज, मल्टीप्लेक्समा नेपाली फिल्मको दबदबा



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि नेपाली बक्सअफिसमा प्रदर्शन हुने फिल्मको लागि अग्रिम बुकिङ खुल्ला गरिएको छ । राजधानीका ६ ठुला मल्टीप्लेक्सले यो साता १ सय ५३ शोज निकालेका छन् ।

यो साता फ्रेस फिल्म अन्तर्गत नेपाली ‘रातो टिका निधारमा’ र हलिउडको ‘एबोमिनेबल’ रिलिज हुँदैछन् । भने, ‘कबड्डी कबड्डी कबड्डी’को दोस्रो सातामा जादु रहिरहने छ । शुक्रबारबाट ८५.६२ प्रतिशत शोज नेपाली फिल्मले ओगट्नेछन् । भने, बाँकी १४.३७ प्रतिशत शोज विदेशी फिल्मको कब्जामा हुनेछ ।

‘रातो टिका निधारमा’लाई ३९.२१ प्रतिशत शोज

 

अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’ले ‘कबड्डी ३’को दबदबाका वावजुत राम्रो शोज पाएको छ । ३९.२१  (६०)प्रतिशत शोज कुनै पनि फिल्मको लागि राम्रो हो । लगानी उठाउन मात्र ३५ प्रतिशत बढी शोजले फिल्मलाई राहत पुर्याउने गर्छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको मुख्य भूमिका रहेको फिल्मलाई क्युएफएक्स चेनले ३४ शो बाँडेको छ । भने, बिग मुभिज /बिएसआरले समान ६/६, एफक्युब/सिडिसीले ५/५ र क्युजले ४ शोज दिएको छ ।

प्रतिशतको आधारमा ‘रातो टिका निधारमा’ पाएको शोज यो वर्षकै सर्वाधिक तेस्रो ठुलो अंक हो । गत साता रिलिज भएको ‘कबड्डी ३’ले सर्वाधिक ६७.८७ (११२) प्रतिशत शोज कब्जा गरेको थियो । यस्तै ‘दाल भात तरकारी’ले ५२.२८, ‘जात्रै जात्रा’ले ३७.५, ‘वीर विक्रम २’ले २४.३० र ‘मारुनी’ले १५.४९ प्रतिशत हिस्सा ओगटेका थिए ।

दोस्रो सातामा पनि ‘कबड्डी ३‘लाई ४६.४० प्रतिशत शोज

पहिलो सातामा बक्सअफिस तताएको ‘कबड्डी ३‘ले दोस्रो साता पनि अत्याधिक शोज हात पारेको छ । नयाँ रिलिज ‘रातो टिका निधारमा’ भन्दा करिब ७ प्रतिशत बढी शोजमा ‘कबड्डी ३’ छ ।

पहिलो साता ६७.८७ (११२) प्रतिशत शोजबाट प्रदर्शन सुरु गरेको ‘कबड्डी ३’ दोस्रो सातामा ४६.४० (७१) प्रतिशतमा प्रदर्शन हुनेछ । दोस्रो साताको शोजमा ‘कबड्डी ३’को ३६.६० प्रतिशत गिरावट आएको छ ।

रामबाबु गुरुङले निर्देशित ‘कबड्डी ३’ले पहिलो साता ७.३८ करोड कलेक्सन गरेको छ । फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्मा शाक्य, रिश्मा गुरुङलगायतको मुख्य भूमिका छ ।

यो पनि पढ्नुहोस्:-

‘कबड्डी ३’लाई ६७.८७ प्रतिशत शो, वर्षकै ठुलो ओपनिङको संकेत

प्रतिक्रिया दिनुहोस्