गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा

चलचित्र ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार रिलिज भएको ट्रेलर

सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो

चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको चलचित्र

विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने

चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर

फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन्।

नयाँ नेपाली चलचित्र ‘बम बिहारी’को शुभ मुर्हत गरिएको छ । आज (बुधबार) भक्तपुरमा रहेको हनुमान मन्दिरमा पुजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । साथै चलचित्रको आजैबाट छायांकन सुरु गरिएको छ । चलचित्रलाई डिएमएस मल्ले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशकिय चलचित्र हुनेछ । उनले यो भन्दा अघि झण्डै ५० वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् । चलचित्रको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि हुनेछ । सुरुमा काठमाडौंमा एकसाताको छायांकन चलचित्र युनिट नेपालगन्ज लाग्नेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी चलचित्रको कथा घुम्नेछ । निर्देशक मल्लले भने, ‘पछिल्लो समय चलचित्रमा नयाँ कलाकार भएपनि कथा र मेकिङ राम्रो छ भने दर्शक हलसम्म गएको उदाहरण धेरै छन् । त्यसैले मलाई विश्वास छ चलचित्र राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ ।’ चलचित्रमा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ । चलचित्रमा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा ब्यस्त कलाकार सुमन ज्योती न्यौपानेले चलचित्रमा आफू नकारात्मक भूमिकामा देखिन लागेको स्पष्ट पारे । उनले भनेका छन्, ‘म यो फिल्मको बम बिहारी हुँ अर्थात टाइटल नै मेरो नाम हो । दर्शकले अहिलेसम्म सबैतिर नेगेटिभ भूमिकामै मन पराइदिनुभएको छ । यसमा पनि आशाराखेको छु ।’ यस्तै अर्की मुख्य कलाकार झरना रिसालले सातबर्ष पछि आफूले चलचित्रमा फेरी काम गर्न लागेको जानकारी दिइन् । उनले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ चलचित्रमा काम गरिसकेकी छिन् । झरनाको यो चौथो चलचित्र रहनेछ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहने चलचित्रमा सरोज बुढाथोकीको मेकअप रहनेछ । सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् । मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन् भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुन् । चलचित्रमा अनुपम चौधरीको गीत रहनेछ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट

माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको