लुम्विनी लोक दोहोरी अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक



bishal lok dohoriरंग खबर, काठमाण्डौ– विगत ५ वर्षदेखि आयोजना भइरहेको लुम्विनी लोक दोहोरी अवार्ड २०७१ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । अवार्ड आगामी मंसिर २७ गते पाल्पाको तानसेनमा एक भब्य कार्यक्रमका विच हुनेछ ।

नेपाली लोक संस्कृतिको संरक्षण, सम्वद्धन र श्रष्टा र सर्जकहरुको सम्मानको खातिर विशाल डिजिटल प्रा. लि बबरहमहल, काठमाण्डौंले आयोजना गर्दै आएको उक्त अवार्डको ११ विधाको मनोनयन सार्वजनिक भएको हो ।

प्रथम बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७१ को उत्कृष्ट पाचमा छनौट हुन सफल ११ बिधाका ५५ जना कलाकारहरुलाई यही मंसीर ६ गते शनिवार पाल्पा तानसेनमा एक कार्यक्रमका बिच मनोनयन प्रमाण पत्र बितरण गर्न लागिएको बिशाल डिजीटल प्रा।लिका प्रबन्धक तथा अर्वाड संयोजक हुम गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्