उत्सव र सुमिना भए लिटिल प्रिन्स एण्ड प्रिन्सेस (फोटोफिचर)



रंग खबर, काठमाण्डौ । दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय उत्सव थापाले यो वर्षको लिटिल प्रिन्स–२०१४ को उपाधी जित्न सफल भएका छन् । शुक्रवार अबेर राती जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न निर्णायक प्रतियोगितामा उत्सवले १७ जना बालकहरुलाई पछि पार्दै नगद २५ हजार रुपैँया राशीसहित उपाधी जितेका हुन् ।

litle prince and princes

उत्सवले राइजिङ मलको तर्फबाट गिफ्ट ह्याम्पर तथा अन्य उपहारहरु समेत जित्न सफल भए । प्रतियोगितामा क्याम्ब्रिज पब्लिक स्कूलमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया सुमिना लामाले ‘लिटिल प्रिन्सेस–२०१४’ को उपाधी जित्न सफल भइन् । उनले २२ जना बालिकाहरुलाई निराश बनाएकी थिइन् । प्रतियोगितामा विजयी हुँदै सुमिनाले पनि नगद २५ हजारको साथमा विभिन्न उपहारहरु जितिन् ।

बेटर ग्यालेक्सी ईन्टरटेन्मेन्ट प्रालिको यो १२ औं संस्करणको प्रतियोगितामा १८ जना बालक तथा २३ जना बालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । ७ देखि १३ वर्ष उमेर समुहका बालबालिकाहरुको यो प्रतियोगितामा रोबिस सुवेदी र आश्रय रञ्जित तथा लिजा गुरुङ र लि सोनो (कोरियन नागरिक) ले फस्ट रनर्स अपको उपाधी जिते । यसैगरी बिटेन श्रेष्ठ तथा उत्सव ढकाल र ऋचा घिमिरे तथा आस्मा घिसिङले सेकेण्ड रनर्स अपको उपाधीमा चित्त बुझाए ।

गायक निर्णय श्रेष्ठ, कोरियोग्रँफर जयन सुब्बा मानन्धर, फेसन डिजाइनर पूनम गौतम, समाचारवाचक सालिक सुवेदी, संगीतकर्मी सुरेन्द्र श्रेष्ठ, नृत्य निर्देश्ँक गोविन्द राई तथा चलचित्र निर्देशक रविराज अर्याल निर्णायक  रहनु भएको यो प्रतियोगिता परिचयात्मक चरण हुँदै अघि बढेको थियो । शसस्त्र प्रहरी प्रमुख सनत कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको दोस्रो चरणमा प्रतिस्पर्धि बालबालिकाहरुले आफ्नो रोजाइका पहिरन प्रदर्शन गरेका थिए ।

ranga litle

त्यसपछिको चरणमा बालकहरुतर्फ टप टेन तथा बालिकाहरुतर्फ टप ट्युबेलको छनौट गरिएको थियो । त्यसपछिको चरणमा निर्णायकसंगको प्रश्नोत्तरका आधारमा दुबै समुहका सात–सात जना प्रतिस्पर्धिहरु निर्णायक चरणमा प्रवेश गरेका थिए । निर्णायक चरणमा सोधिएका दुई भिन्न प्रश्नको जवाफका आधारमा विजेताको छनौट गरिएको हो । स्वस्तिका राजभण्डारी तथा नेहा घिमिरेद्वारा कोरियोग्रँफी गरिएको यो प्रतियोगितामा कायरा बुटिकले अफिसियल डिजाइनरको रुपमा विभिन्न पहिरनहरु उपलब्ध गराएको थियो ।

प्रतियोगितामा रिहान्ना महर्जन र उत्सव ढकालले मोस्ट फोटोजेनिक, प्राचि महर्जन र उत्सव थापाले मोस्ट ट्यालेन्ट, लि सानो र सुमन छिरिङ शेर्पाले बेस्ट डे«स, श्रीया थापा र नितेश पौडेलले मोस्ट डिसिप्लिन, आश्रय रञ्जित र प्रेशु श्रेष्ठले मोस्ट कन्फिडेन्सको शीर्षक उपाधी जितेका थिए । यसैगरी आयुश तण्डुकारले मोस्ट ह्याण्डसमको उपाधी जितेको यो प्रतियोगितामा डोल्मा लामाले मोस्ट ब्युटिफूलको उपाधी जितिन् ।

ranga little

प्रतियोगिता ऐश्वर्या खरेल र नेल्शन खनालले स्मार्ट वाकको उपाधी जिते । एसएमएस किङको उपाधी पेमाङसाङ शेर्पाले जिते भने एसएमएस क्विनको उपाधी पल्लभी लोहनीले जितिन् । बेस्ट हेयरको उपाधी सस्तिका भण्डारीले जितिन् भने मोस्ट फ्रेण्डलीको उपाधी आकृषा रजक तथा नितेश पौडेलले जिते । बेस्ट स्किनको उपाधी सम्पदा तामाङ तथा अनमोल ढकालले जित्न सफल भए । यूरिन लामा तथा श्री सिग्देलले बेस्ट क्यूटनेशको उपाधी जिते ।

प्रतिक्रिया दिनुहोस्