ज्यान मार्ने धम्की दिएको आरोपमा भिजे सुरज र मोडल सहाना पक्राउ



रंग खबर, काठमाण्डौं । ज्यान मार्ने धम्की दिएको र अश्लिल गाली गलौज गरेको आरोपमा टेलिभिजन प्रस्तोता सुरज गिरी र मोडल सहाना बज्राचार्य पक्राउ परेका छन् । विज्ञापन एजेन्सी भि चित्राका सञ्चालक हर्षवर्द्धन साहनीले उनीहरुलाई त्यस्तो आरोप लगाएका हुन् ।

suraj and sahana

साहनीले महानगरी प्रहरी परिसर हनुमान ढोकामा उजुरी गरेपछि छानबिनका लागि उनीहरुले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा राखिएको छ । साहनीको कम्पनीले, विज्ञापनका साथै म्युजिक भिडियो पनि बनाउने गर्छ। दुई महिनादेखि सुरज र सहानाले फोन गरेर यातना दिएको उजुरी साहनीले दिएका र त्यसकै आधारमा अनुसन्धान गर्न गिरी र बज्राचार्यलाई पक्रेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्