अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुने



dohori sanjhरंग खबर, काठमाण्डौं । लोकदोहोरी कलाकारको संगठन राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले ‘अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०७१’ आयोजना गर्ने भएको छ । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले चैत २०, २१ र २२ गते प्रतियोगिता गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।

‘यो रनिङ शिल्ड दोहोरी प्रतियोगिता हो । देशभरिका दोहोरी साँझले भाग लिनेछन् ’, अध्यक्ष शर्माले भने । उनका अनुसार उपत्यकाभित्र र बाहिर गरी करिब १ सय ६० वटा दोहोरी साँझले भाग लिनेछन् ।

प्रज्ञा प्रतिष्ठान काठमाडौँमा हुने प्रतियोगिताका विजेतालाई ९९ हजार ९ सय ९९ रुपैयाँ, दोस्रोलाई ७७ हजार ७ सय ७७ र तेस्रोलाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिनुका साथै एउटा गीत रेकर्डिङ, भिडियो निर्माण र प्रमोशनसम्म गरिदिने शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्