‘लिटिल मारवाडी आइडल नेपाल’ हुने|ट्रेनिङ सुरु



रंग खबर, काठमाण्डौं । मारवाडी समुदायका बालबालिकाहरुको क्षमता अभिवृद्धि र प्रष्फुटन गराउने उद्धेश्यले ‘लिटिल मारवाडी आइडल, नेपाल’ हुने भएको छ । आईडलका लागि राजधानीस्थित अग्रवाल भवनमा एक कार्यक्रमको आयोजना गरि शुक्रवारबाट ट्रेनिङ शुरु गरिएको छ ।
marbadi little.-1चालिस जना सहभागीहरुलाई २५ दिनसम्म विभिन्न व्यक्तिहरुले ट्रेनिङ दिइने बताइएको  छ । बैशाख २६ गते आर्मी अर्फिसस क्लवमा गर्न लागिएको लिटिल मारवाडी आइडल नेपालमा पहिलो पल्ट हुन लागेका हो । यसमा उनीहरुको सम्पूर्ण क्षमतालाई उजागर गरिने इफोर इन्टरटेनमेन्ट प्रा.लिका सिइओ दीपक घिमिरे बताउँछन् ।
marbadi littleसहभागीहरुमध्येबाट वीनर, फस्ट रनरअप, सेकेन्ड रनरअपका साथै अन्य बेष्ट ट्यालेन्ट फोटोजेनिक, बेष्ट फ्रेन्डसिप, बेष्ट डिसिपिलिन, चार्मिङ्ग, बेष्ट ड्रेस, बेष्ट स्किन, बेष्ट क्याटवाक, बेष्ट पर्फमेन्स, बेष्ट ब्युटिफुल, बेष्ट हेन्डसम, भिवर च्वाइस लगयतका विधा छनोट गर्न लागिएको उक्त आइडल प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन इफोर इन्टरटेनमेन्टले गरेको छ । कार्यक्रममा मिस मेघा मोडल शोस्तिका राज भण्डारी, प्रदिप आडवाणी, विशाल अग्रवाल, प्रमोद भन्साली लगायतको उपस्थिति रहेको थियो ।
marbadi little.-2

प्रतिक्रिया दिनुहोस्