‘पत्रकार गिरीलाई अमेरिकाबाट चोभारको डाँडामा काटेर फ्याल्ने धम्की’



sudarshanरंग खबर, काठमाण्डौं । नायिका रेखा थापा र आफुविरुद्ध समाचार लेखेको भन्दै ‘हिम्मतवाली’ नायक सुर्दशन गौतमले पत्रकार श्यामसुन्दर (प्रसाद) गिरीलाई ज्यानमार्ने धम्की दिएका छन् । अमेरिकाको टेक्सास राज्यबाट आफुलाई १५१२५९०४०१२ फोन नम्बरबाट ज्यान मार्ने धम्की आएको पत्रकार गिरीले बताएका छन् । उनी फिल्म सम्बन्धी समाचार र गसिप लेख्दै आएको फिल्मीबजार डटकममा कार्यरत छन् ।

’सुदर्शनले मलाई फोन गरी अपशब्द बोल्दै काटेर हत्या गरी चोभारको डाँडामा र बागमतीमा फाल्ने चेतावनी पटक पटक दिए’, उनले भने, ’धम्की आएपछि ज्यानको सुरक्षा गराइपाउँ भन्दै प्रहरी प्रशासनमा धाइरहेको छु । धम्की दिएको फोन रेकर्ड पनि मसंग सुरक्षित छ । ’

प्रेस युनियनद्धारा भत्सर्ना
समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकार गिरीलाई मार्ने धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले एक विज्ञप्ती जारी गर्दै कडा भत्सर्ना गरेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीद्धारा निकालिएको विज्ञप्तिमा पत्रकारहरु व्यवसायिक सुरक्षाको लागि लडिरहेको अवस्थामा पटक पटक आउने यस्ता धम्कीले भौतिक सुरक्षाको कुरा अझै पनि पेचिलो रहेको उल्लेख गरिएको छ ।
nepal press union

समाचारमा चित्त नबुझेको विषयमा कानुनी रुपमा उपचारमा जान सकिने बाटोलाई छाडेर धम्की दिइएको भन्दै धम्क्याउने व्यक्तिलाई निगरानीमा राखेर कार्वाहीको प्रक्रिया थाल्न र पत्रकार गिरीको सुरक्षाको प्रत्याभुति दिलाउन युनियनले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्