दुबईमा ‘तीज उत्सब’ हुने |आधा दर्जन कलाकारको प्रस्तुति रहने



रंग खबर, काठमाण्डौं । नेपाली महिलाहरुको ठूलो चाँड हरितालिका तीजको अबसरमा यस पटक दुबईका मुख्य तीन राज्यमा तीज उत्सब हुने भएको छ । दुबईमा रहेका नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुका लागि बिशेष प्रस्तुति सहित तीज उत्सब गर्न लागिएको कलाकार तथा आयोजक सदस्य श्याम अर्यालले जानकारी गराएका छन् ।
shyam prasad aryalदुबईमा हुने तीज उत्सबमा अभिनेत्री रेखा थापा , अभिनेता श्याम अर्याल, हास्य सिरियल ‘डिठा साब’का कलाकार किशोर भण्डारी सहित रेश्मा तिमिल्सिना,परसुराम रिजाल गायिका मिना अधिकारी आदि कलाकारले प्रस्तुती दिने भएका छन् । रतन थापाको आयोजना तथा कास्की आदर्श सेवा समाज, देब बिक लगायतको सहयोगमा बिष्णु अधिकारी,डिएक्सनका पारस बिक र शेखर सुब्बुको समुहले फुजेरा,सार्जा र दुबईमा कार्यक्रमको ब्यबस्थापन गरेका छन् ।

रतन थापाले केहि समय अघि देशमा गएको विनासकारी भूकम्पका पिडितका लागी दुइ लाख भन्दा बादी रकम लगानी गरी १५ अस्थाई टहरा निर्माण गरेका थिए । थापाले तीज उत्सबबाट भएको फाइदा नेपालका अशक्तलाई  सहयोग गर्ने सह-आयोजक समेत रहेका अभिनेता अर्यालले बताए । मिजल प्रोडक्सन सह-आयोजक रहेको कार्यक्रम आउदो सेप्टेम्बर ४ र ११ तारिख हुनेछ ।

प्रतिक्रिया दिनुहोस्