राहत वितरणमा जुट्दै केवल भुजेल (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । भूकम्पले चरक्क चर्किएका विद्यालय भवनमा पढ्न बाध्य बालबालिकालाई शैक्षिक सामाग्रीको खाँचो छ । उनीहरुको खाँचो टार्न सरकारी राहत पर्याप्त थिएन । यीनै विद्यार्थीहरुको आवश्यता केही हदसम्म टार्ने जमर्को गरेका छन्, कलाकार केवल भुजेलले । स्वीट्जरल्यान्डमा रहँदै आएकी उनकी दिदी निर्मला भुजेल र भिनाजु जिनज्याक बोर्डेउसंगको सहकार्यमा उनी भूकम्प पीडितको राहत वितरणमा जुटेका छन् ।
kewal bhujel‘प्ले गर्ला’ अभिनेता भुजेलले हालै नुवाकोट, मदानपुरका अढाई सय विद्यार्थीलाई शैक्षिक सामाग्री बाँडे । पञ्चकन्या निमावी र रामजानकी प्राविमा प्रतिविद्यार्थी एउटा स्कुल ब्याग, १० वटा कापी र ५ वटा बलपेन वितरण गरिएको थियो ।

नेकपा मालेले शैक्षिक सामाग्री वितरणको समन्वय गरेको थियो । कार्यक्रममा पञ्चकन्या निमावीका प्रधानाध्यापक नवराज ढकालले भूकम्प पीडित बालबालिकालाई शैक्षिक सामाग्रीको आवश्यकता टारिदिने मनकारी पर्खिबसेको बताए । ‘पेट भर्ने, लाज ढाक्ने र ओत लाग्ने आवश्यकताको पूर्ति गर्न नसकिरहेका यहाँका भूकम्प पीडित परिवारले छोराछोरीलाई शैक्षिक सामान किनिदिन सकिरहेका छैनन्,’ उनले भने, ‘यस्तो समस्यामा बाँचिरहेका यहाँका बालबालिकालाई शैक्षिक सामाग्रीको आवश्यकता टार्ने भुजेल परिवारको प्रयास हाम्रा लागि अतुलनिय छ ।’
kewalभुजेल परिवारले यसअघि सिन्धुलीको बासेस्वर र शितलपाटी गाविसका गरि ३१ परिवारलाई १० हजारसहित नगदसहिट ब्लाकेंट वितरण गरेका थिए । त्यसैगरी पर्वत , शिल्मीका चारवटा विद्यालयलाई स्कुल युनिफर्मसहित शैक्षिक सामग्री बाँडेका थिए । चितवनको चेपाङ वस्तीका २ सय ३० विद्यार्थीकँहा पनि उनी राहत सामग्री पु¥याएको उनले जानकारी दिए ।
kewal 3

kewal 4

प्रतिक्रिया दिनुहोस्