ब्रिटिस गोर्खा नेपाली परिषदको संयोजकमा मिस नेपाल सुविन लिम्बु



रंग खबर, काठमाण्डौं । बेलायतमा रहेका नेपालीहरुको संस्था ब्रिटिस गोर्खा नेपाली परिषदले उत्कृष्ट नेपाली प्रतिभाहरुलाई बार्षिक रुपमा ‘ब्रिटिस गोर्खा अवार्ड’ प्रदान गर्ने भएको छ । विहीबार परिषदको नेपाल च्याप्टर उद्घाटन कार्यक्रमका अवसरमा अवार्डका बारेमा जानकारी गराइएको हो ।
subin limbuपरिषदका उपाध्यक्ष तथा प्रवक्ता किरण टी लिम्बुले पाँच विधामा उत्कृष्ट स्रष्टा तथा प्रतिभाहरुलाई उक्त अवार्ड प्रदान गरिने जानकारी दिए । कलाकारिता, साहित्य, पत्रकारिता, संगीत र खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उच्च योगदान पु¥याउने नेपाली प्रतिभालाई अवार्ड प्रदान गरिने बताए । अवार्ड आगामी बर्ष देखि बर्षेनी प्रदान गरिने छ ।

उदघाटन कार्यक्रममा बोल्दै बरिष्ठ संस्कृतीविद तुलसी दिवसले नेपाल च्याप्टरको स्थापना गरेर यस्तो किसिमको अवार्ड प्रदान गर्न लागेकोमा खुशी ब्यक्त गरे । उनले ब्रिटिस गोर्खा सैनिकहरुले विश्वमा देखाएको बहादुरीको चर्चा गरे । प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले पूर्व गोर्खाहरु नेपालीहरुको पहिचान भएको उल्लेख गरे । उनले अवार्डलाई अन्तराष्ट्रिय स्तरको बनाउन सुझाए ।नेपालमा एकमात्र जिवीत भिक्टोरिया क्रस विजयी क्याप्टेन राम बहादुर लिम्बुले गोर्खाली बन्नलाई कठोर संघर्ष गर्नुपर्ने भएकाले सबैले राष्ट्रको नाम उच्च राख्नलाई संघर्ष गर्न आग्रह गरे ।
nabin gurung इतिहासविद तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले ब्रिटिस गोर्खा सैनिकहरुले विभेदका बिच पनि बहादुरी देखाएको प्रति प्रशंसा गरे । परिषदले नेपाल च्याप्टरको संयोजकमा पूर्व मिस नेपाल सुविन लिम्बुलाई चयन गरेको छ । त्यस्तै सहसंयोजकमा प्रविन पुमा, कोषाध्यक्षमा सम्झना राई, सदस्यहरुमा नृत्य निर्देशक गोबिन्द राई, पत्रकार अशोकप्यासी राई, फोटो पत्रकार नविन गुरुङ, साहित्यकार स्वप्नील स्मृती, प्रकृती थलङ, पत्रकार युवराज गौतम, ताराप्रकाश लिम्बु, मनोज नेम्बाङ र विमला भण्डारीलाई चयन गरेको छ । परिषदले आगामी डिसेम्बरमा लण्डनका १० वटा स्थानमा ‘गोर्खा सांस्कृतीक साँझ’ आयोजना गर्ने जनाएको छ ।
karya samiti

प्रतिक्रिया दिनुहोस्