चलचित्र पत्रकार संघ चितवनको विशेष अधिवेशन सम्पन्न



रंग खबर, काठमाण्डौं । रंग पत्रकारितामा संलग्न पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको चितवन शाखाको नयाँ अध्यक्षमा राजकुमार लामिछाने चयन भएका छन् । शनिवार सम्पन्न शाखाको विशेष अधिवेशनबाट नयाँ कार्यसमिती गठन भएको हो ।
fnj 2संघका अध्यक्ष शान्तिप्रियको प्रमुख आतिथ्य, निर्वाचन केन्द्रीय प्रतिनिधि संघका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीको विशेष आतिथ्यता र संयोजक मनोज पन्तको अध्यक्षतामा भएको अधिवेशनबाट उपाध्यक्षमा केशव लोहनी, सचिवमा महेश पाण्डे, सह सचिवमा आन्नद पोखरेल, कोषाध्यक्षमा हरि कार्की लक्की, सदस्यहरुमा ओमकार अर्याल, रामु आचार्य, अनिल भट्टराई, लक्ष्मी पौडेल, गीता गुरुङ, दीपक मिश्र चयन भएका छन् । अधिवेशनले शाखा संरक्षकमा अधिवेशन संयोजक पन्तलाई चयन गरेको छ ।
fnj२ बर्षे कार्यकाल हुने यो कार्यसमितिलाई नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष शान्ता अधिकारी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष सुर्यप्रकाश कंडेल लगायतले सफल कार्यकालको शुभकामना दिदै मन्तब्य राखेका थिए ।
rajkumar lamichhane

प्रतिक्रिया दिनुहोस्