
आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को

गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’

चलचित्र ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार रिलिज भएको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । आमा र छोराका इमोस्नल सम्बन्ध र छोराले सहरमा

सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको दोस्रो गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश

चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को चर्चा यतिबेला चुलिएको छ । सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर र

विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा

चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको

फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन्। उक्त टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका विक्की अग्रवालले कागजी सम्झौता समेत गरेका छन्।

नयाँ नेपाली चलचित्र ‘बम बिहारी’को शुभ मुर्हत गरिएको छ । आज (बुधबार) भक्तपुरमा रहेको हनुमान मन्दिरमा पुजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । साथै चलचित्रको आजैबाट छायांकन सुरु गरिएको छ । चलचित्रलाई डिएमएस मल्ले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशकिय चलचित्र हुनेछ । उनले यो भन्दा अघि झण्डै ५० वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् । चलचित्रको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि हुनेछ । सुरुमा काठमाडौंमा एकसाताको छायांकन चलचित्र युनिट नेपालगन्ज लाग्नेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी चलचित्रको कथा घुम्नेछ । निर्देशक मल्लले भने, ‘पछिल्लो समय चलचित्रमा नयाँ कलाकार भएपनि कथा र मेकिङ राम्रो छ भने दर्शक हलसम्म गएको उदाहरण धेरै छन् । त्यसैले मलाई विश्वास छ चलचित्र राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ ।’ चलचित्रमा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ । चलचित्रमा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा ब्यस्त कलाकार सुमन ज्योती न्यौपानेले चलचित्रमा आफू नकारात्मक भूमिकामा देखिन लागेको स्पष्ट पारे । उनले भनेका छन्, ‘म यो फिल्मको बम बिहारी हुँ अर्थात टाइटल नै मेरो नाम हो । दर्शकले अहिलेसम्म सबैतिर नेगेटिभ भूमिकामै मन पराइदिनुभएको छ । यसमा पनि आशाराखेको छु ।’ यस्तै अर्की मुख्य कलाकार झरना रिसालले सातबर्ष पछि आफूले चलचित्रमा फेरी काम गर्न लागेको जानकारी दिइन् । उनले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ चलचित्रमा काम गरिसकेकी छिन् । झरनाको यो चौथो चलचित्र रहनेछ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहने चलचित्रमा सरोज बुढाथोकीको मेकअप रहनेछ । सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् । मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन् भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुन् । चलचित्रमा अनुपम चौधरीको गीत रहनेछ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री