‘सुपर ट्यालेन्ट’ को उपाधी जितेकी किरण मोडलिङमा जम्न खोज्दै



रंग खबर, झापा । झापा तोपगाछी ७ की किरण राई, आकर्षक लुक्स की छिन् । हलुका लजालु स्वाभावकी उनी स्नातक प्रथम बर्षमा अध्ययन गर्छिन । मोडल क्याम्पस दमकमा अध्ययनरत उनलाई मोडलिङ र अभियन गर्न रुची छ ।

kiran rai

गाउन, नाच्न, अभिनय गर्नु मेरो शोक हो, उनले भनिन, तर यी मेरा हब्बी मात्र हुन । म्युजिक भिडियोमा अभिनय गर्न लागेकी उनी भिडियोमा अभियन गर्ने शैली र तरिकाका बारे प्रशिक्षित रहेको बताइन् । लिटिल किङ एण्ड क्वीन २०१० मा सुपर ट्यालेन्टको उपाधी समेत जितेकी किरण अभिनयमा जम्ने सुरमा छिन् ।

Kiran 2

‘परिवारिक सर्पोट छ’ , उनले भनिन- ‘अध्ययन सँगै अभियनमा पनि जम्ने सुर छ ।’  अभिनय सँगै अध्ययनमा जम्ने सुरमा रहेकी उनी पढाइ सँगै अभियनय अगाडी बढाउने बताउछिन् । प्रस्तुती – सुमन घिमिरे

प्रतिक्रिया दिनुहोस्