फिल्मीबजारले ९ जना चलचित्रकर्मीलाई सम्मान गर्ने । लाइफटाइम अचिभमेन्ट अवार्ड शर्मालाई



रंग खबर, काठमाण्डौं । विगत एक वर्षदेखि संचालनमा रहेको फिल्मी अनलाईन ‘फिल्मी बजार डटकम’ ले नेपाली चलचित्र क्षेत्रका ९ जना चलचित्रकर्मीलाई सम्मान गर्ने भएको छ । शनिवार प्रणय दिवसको दिन दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा यस अनलाईनले आगामी फागुन ११ गते सम्मान गर्ने घोषणा गरेको हो ।
laxminath and bhuwan chand

आइडियल मिडिया प्रा.लिबाट संचालित यस अनलाइनको प्रथम बार्षिकोत्सबको अवसरमा ‘चलचित्रकर्मी सम्मान समारोह २०७१’ आयोजना गर्ने निर्णय भएको कम्पनीका संचालक तथा अनलाईनका सम्पादक श्यामसुन्दर गिरीले जानकारी दिए । फिल्मी बजारले एक प्रेस विज्ञप्ती जारी गर्दै फिल्म ‘बदलिदो आकाश’ बाट चलचित्र उद्योगमा निर्देशकको रुपमा प्रवेश गरेका अग्रज निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित गरिने जनाएको छ । सोही अवसरमा नेपालकी पहिलो नायिका भुवन चन्द ‘‘अग्रज कलाकार सम्मान’ को रुपमा सम्मानित हुने भएकी छिन् ।

त्यसैगरी सो समारोहमा ‘प्रोत्साहन सम्मान’ बाट ८ बर्षको उमेरमा फिल्म निर्देशन गरेका कान्छो निर्देशक सौगात बिष्ट सम्मानित हुने भएका छन् भने नायिका शिल्पा पोखरेललाई ‘नवप्रतिभा सम्मान’ प्रदान गरिने भएको छ ।

यस्तै नरेन्द्र महर्जनलाई ‘वितरक सम्मान’ ,छायाकार मन्जु कुमार श्रेष्ठलाई ‘प्राबिधिक सम्मान’ प्रदान गरिने भएको छ भने ‘‘चलचित्र पत्रकारिता सम्मान’ बाट टेलिभिजन तर्फ प्रकाश सुबेदी र पत्रिका तर्फ बिदुर गिरी सम्मानित हुने भएका छन् । त्यस्तै ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ बाट अनलाईन पत्रकार सुमन गैरे सम्मानित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्