चण्डिपुर्णे कार्यक्रमबाट उठेको रकम नुवाकोटका भूकम्प पीडितलाई



रंग खबर, काठमाण्डौं । केही समयअघि धनकुटाको राजारानीमा चण्डिपुर्णे मेलाको अवसरमा आयोजित साङ्गितिक कार्यक्रमबाट उठेको रकमले भूकम्प पीडितलाई राहत वितरण गरिएको छ । कला सुब्बा, तयाहाङ्मा राई लगायतका कलाकारको टोलीले नुवाकोटको चतुरा गाविसस्थित थुर्पुगाउ“मा एक सय ३५ घर परिवारलाई राहत वितरण गरेको हो ।
a उनीहरुलाई चामल वितरण गरिएको राहत वितरण टोलीका तयाहाङ्माले बताइन् । राजारानी फुटबल क्लवको आयोजनामा केही समयअघि भूकम्प पीडितको सहयोगार्थ कार्यक्रम गरिएको थियो । कार्यक्रममा गायक राजेश पायल राई, तायाहाङमा राई, कुन्ति मोक्तान, सुगम पोखरेल, दिपक लिम्बु र इन्दिरा जोशी लगायत न्यु गरिमा डान्स सेक्टरका कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्