सरोज खनालको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली कलाकार समाजको नेपाल शाखा गठन



रंग खबर, काठमाण्डौं । नेदरल्याण्डमा केन्द्रिय कार्यालय रहेको ‘अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज’ (अनेकस) को नेपालमा शाखा विस्तार गरिएको छ । अनेकसको नेपाल शाखा अध्यक्षमा अभिनेता सरोज खनाल नियुक्त भएका छन् । अमेरिकामा १७ बर्ष बसेपछि नेपाल फर्किएका अभिनेता खनालले नेपाली कलाकार र नेपाली फिल्म क्षेत्रलको हितको लागि आफ्नो संगठनले काम गर्ने बताए ।
comiteeअभिनेता खनालको अध्यक्षतामा चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई संरक्षक रहने गरी समाजका केन्द्रिय अध्यक्ष पुष्प बरुवालको उपस्थितिमा ११ सदस्यीय कार्य समिति गठन भएको हो । कार्य समितिको उपाध्यक्ष पदमा कलाकार रुपा राना र प्रकाश सुबेदी रहेका छन् भने अनुपकुमार बराल महासचिव र आकाशबाबु खवास सचिव पदमा छन् । त्यस्तै कोषाध्यक्ष कृष्णभक्त महर्जन र सहकोषाध्यक्षमा गायिका इन्दिरा जोशी छिन् ।

नेपाली शाखाको  कार्य समितिको सदस्यहरुमा कलाकर दयाहाङ राई, नृत्य निर्देशक शंकर बिसी, गायक एवं नायक बाबु बोगटी र निर्माता राजेश घतानी छन् । घतानी संघको प्रवक्ता समेत रहनेछन् । यस्तै यो कार्य समितिलाई सल्लाह तथा सुझाव दिएर मार्ग दर्शन गर्नको लागी पाँच सदस्सीय सल्लाहकार टोली पनि गठन गरिएको छ । जसमा बरिष्ठ चलचित्रकर्मी यादव खरेल, अशेष मल्ल, दिपक जंगम, रमण घिमिरे र राजु शाह छन् ।
rajesh ghataniनेपाली गीत, संगीत, भाषा, कला, साहित्य, संस्कृति नेपाली चलचित्रको प्रर्वदन, संव्रदन तथा कलाकार एवम् साहित्यकारहरुको हकहित र संरक्षणका लागि स्थापित यस संस्थाले फिल्मी अवार्ड समेत गर्दै आएको छ । २०१२ मा स्थापना भएको यो संस्थाको केन्द्रिय कार्य समितिले नेपाल भन्दा पहिले नै अन्य विभिन्न देशमा समेत शाखा बिस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्