विस्तार हुँदै एन.ए.जी | यूएई शारजहाँ समिति गठन



रंग खबर, यूएई । यूएईको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली कलाकार समूह (एनएजी) शारजहाँ समिति गठन गरिएको छ ।

रोजागारीका क्रममा शारजहाँमा रहेका नेपाली समुदायको भेलाले समिति गठन गरेको हो । समितिको अध्यक्ष पारश विश्वकर्मा चयन भएका छन् । यसैगरी उपाध्यक्षमा विष्णुकान्त घिमिरे, महासचिवमा केपी लामगादे, सचिवमा अर्जुन न्यौपाने, सहसचिवमा उत्तम तामाङ, कोषाध्यक्षमा ताराप्रसाद अर्याल र सहकोषाध्यक्षमा सपना पुलामी मगर चयन भएको नेपाली कलाकार समूह दुबई समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिएका छन् ।

यसैगरी सांस्कृतिक संयोजकमा सुनीता लामगादे र सदस्य संयोजकमा हिमकला लोहारलाई चयन गरिएको छ । सदस्यहरुमा आस्था दास, हुमलाल पाण्डे, दीपेन्द्र गिरी, पूजा पुरी, मुकुल बर्देवा, रिमा सुनार र समर राना रहेका छन् । समितिले वरिष्ठ सल्लाहकारमा रोहित पुरी र सल्लाहकारमा कृष्ण भट्टराईलाई मनोनयन गरेको छ । सो अवसरमा नेपाली कलाकार समूहका संरक्षक रतन थापा दुबई समितिका अध्यक्ष ढकाल र सदस्य दीपक ढकालको उपस्थिति थियो ।
uaeनेपाली कलासंस्कृतिको संवद्र्धन गर्ने उद्देश्य राखी नेपाली कलाकार समूहको स्थापना गत सेप्टेम्बरमा गरिएको हो भने उद्घाटन कलाकार आर्यन सिग्देलले गरेका थिए । नेपाली कलाकार समूहले गएको तीजको अवसरमा नायिका रेखा थापालगायतको सहभागितामा भव्य रुपमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको थियो । संस्था विस्तार गर्ने क्रममा त्यसपछि डिब्बा समिति र दुबई समिति गठन गरिएको थियो । आफ्ना गतिविधि विस्तार गर्ने क्रममा डिब्बा समितिले बनभोज र दुबई समितिले अभिनेता भुवन केसी र नवनायक अनमोल केसीको उपस्थितिमा परिचयात्मक सांस्कृतिका कार्यक्रम सञ्चालन गरेका थिए ।

दुबई समितिका अध्यक्ष रामप्रसाद ढकालले आगामी दिनमा पनि नेपाली कलासंस्कृतिको संवद्र्धनका लागि कार्यक्रम गर्दै जाने बताए । संस्थाका संरक्षक रतन थापाले संस्था विस्तार गर्दै जाने योजना भएको जानकारी दिए । संस्थाका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद अधिकारीले नवगठित शारजहाँ समितिलाई टेलिफोनमार्फत बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्