अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा अमेरिकामा सम्मानित



रंग खबर, काठमाण्डौं । अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापा अमेरिकामा सम्मानित भएका छन् । ग्लोवल फिल्म फेस्टीभलका लिडरसमेत रहेका थापालाई अमेरिकाको सानफ्रान्सिकोमा ‘कम्युनिटी सर्भीस अवार्ड २०१६’ बाट सम्मान गरिएको हो ।
prakash thapaअमेरिकन ईण्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा कम्युनिटीमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको हो । यसरी सम्मानित हुनेमा थापा पहिलो व्यक्ति रहेको बताइएको छ ।

साथै ईलेक्टेड स्टेट एसेम्ब्ली मेम्बर क्यालिफोर्नियाका डा. हर्मेश कुमार पनि सोही कार्यक्रममा सम्मानित भएका थिएँ । उक्त पत्रिकाका सम्पादक बुटा बासीले नेपाली समुदायका लागि मात्रै नभई अन्य मुलुकका बिभिन्न समुदायका लागि पनि तन, मन र वचनले समाजिक सेवा गरेको भन्दै थापाको खुलेर प्रशंसा गरेका थिएँ ।

प्रतिक्रिया दिनुहोस्