सुजातालाई बचाउन प्रमोद खरेल देखि मनोज गजुरेलसम्मको हातेमालो



रंग खबर, काठमाडौँ | गायक प्रमोद खरेलको पहलमा प्लास्टिक एनिमियाबाट पिडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेदीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा शुरु भएको छ ।

Save-Sujata

 

उनीसँगै हाँस्य कलाकार मनोज गजुरेल र नेपाली कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा पनि सहयोग जुटाउन खटिएका छन् ।

२२ वर्षिया सुजाता सुवेदी यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् ।

sujata 2

‘वानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने, ‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ । गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने । कलाकारहरुको अभियानले आशा देखाएको छ ।’

sujata 5

सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बर : ४९५४४९२३३७५२४००१ सहयोग गर्न सकिने गायक खरेलले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्