धुर्मुस-सुन्तलीलाई दुवईमा एकै व्यक्तिबाट ४० लाख सहयोग (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीलाई दुवईमा एकै व्यक्तिबाट मोटो रकम सहयोग प्राप्त भएको छ । भूकम्प पिडित गिरान्चौर बस्ति निर्माण गरेर बचेको १ करोड रुपैया लिएर तेस्रो प्रोजेक्ट, महेत्तरी वर्दिवासमा रहेको मुसहर बस्ति निर्माणका लागि अघि बढेको ‘धुर्मुस- सुन्तली फाउन्डेसनलाई कतारमा व्यवसाय गर्दै आएका एक ब्यापारी तथा समाजसेवीले ४० लाख सहयोग गरेका हुन् ।

Prakash_Koirala1

फाउन्डेशनका अनुसार आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस–सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। नेफ्टा अवार्डमा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई जाने खबर पाएपछि सहयोग हस्तान्तरणका लागि आफू दुबै गएको उनको भनाई उदृत गर्दै फाउन्डेशनले जनाएको छ।

‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन,’ कोइरालाको भनाई उदृत् गर्दै फाउण्डेशनले भनेको छ, ‘त्यसैले तेस्रो नमुना बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ।’ उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैयाँ नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए।

आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफूले सकेको सहयोग गरेको कोइरालाको भनाई रहेको फाउण्डेशनले जनाएको छ। काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

यस्तै, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै खुसी मिलेको बताएका छन्। देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफूहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ।

धुर्मुसले देश निर्माणमा धुर्मुस-सुन्तली फाउण्डेशन सधै तत्पर रहने पनि बताएका छन् ।

हेर्नुस ‘छक्का पन्जा’को सक्सेस पार्टीमा धुर्मुसले देश निर्माण र कलाकारिताको बारेमा दिएको भाषण

प्रतिक्रिया दिनुहोस्