नेपाली फिल्म

‘परालको आगो’को ट्रेलर रिलिज

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले एक कार्यक्रम म गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको

सौगात मल्ल भन्छन्,‘परालको आगो’ले दर्शकको भरोसा टुट्न दिदैन’

फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन्। उनले पहिलो पटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन्। त्यसैले उनी आफु निकै उत्साहित भएको बताउँछन् ‘प्रकाश सपुतसँग

‘महाराजधिराज’मा केकी अधिकारीको प्रवेश

निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् । “महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि

‘मालती मंगले’ हेर्न प्रतिक्षित बन्दै दर्शक

रिलिजको नजिक पुगेको चलचित्र ‘मालती मंगले’ले आफ्नो औपचारिक प्रचारप्रसार अभियान सुरु गरेको छ। प्रचारप्रसारको थालनी स्वरूप नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित एक भव्य महोत्सवमा चलचित्र युनिट पुगेको थियो, जहाँ हजारौँ दर्शकले चलचित्रप्रति व्यग्र उत्सुकता र समर्थन जनाएका छन्। उक्त महोत्सवमा गायक तथा चलचित्रका निर्माता रामकृष्ण ढकाल, चर्चित कमेडियन एवं यसै चलचित्रका कलाकार मेक्सम गौडेल, गायिका ऋतिका श्रेष्ठ र कार्यकारी निर्माता सागर ज्ञवाली सहभागी थिए। कार्यक्रममा गायक ढकाल र गायिका श्रेष्ठले चलचित्रको हिट गीत ‘ढुंगामाथी लेउ’ को बेजोड सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। त्यस्तै, कलाकार गौडेलले आफ्नो परिचित कमेडी शैलीमा चलचित्रको प्रचार गर्दै माहोल तताएका थिए भने सोही अवसरमा चलचित्रको टिजर समेत प्रदर्शन गरिएको थियो। विविध कार्यव्यस्तताका कारण प्रमुख दुई कलाकारहरू विजय बराल र वर्षा राउत भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन्। यद्यपि, चलचित्रले तय गरेका आगामी देशव्यापी प्रचारप्रसारका कार्यक्रमहरुमा भने बराल र राउत दुवैको उपस्थिति रहने निर्माण पक्षले जनाएको छ। प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन्। यस चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताको रूपमा रहेका छन्। चलचित्रको प्राविधिक पक्ष पनि निकै बलियो छ। यसमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको चलचित्रका गीतहरूको भिडियो कोरियोग्राफी रोशन बिकले गरेका हुन्। बहुप्रतिक्षित यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा हुने

विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ । यस चलचित्रको निर्माण पक्षले सिनेमाका मुख्य पात्रहरुको झलक सार्वजनिक

‘परालको आगो’को प्रचार सामाग्रीलाई दर्शकको साथ, निर्माण टिम उत्साहित

बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को यतिबेला चर्चामा छ। यस फिल्मको गीत,तथा ट्रेलर मेकिङको हिसावले यो फिल्म चर्चामा आएको हो। साथै यस फिल्ममा अभिनेत्री सुहाना थापा,सौगात मल्ल,प्रकाश

पाहुना पर्खिरहेका ‘एक मुठ्ठी बादल’का टिम

एक मुठ्ठी बादल: My Share of Sky ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक कथामा केन्द्रित रहेको संकेत गर्छ

‘लालीबजार’ आमा र छोरीको कथा हो : लेखक तथा निर्देशक यम थापा

षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’,

प्रियंकाको ‘मास्टरनी’ भदौ १२ मा रिलिज हुने

चलचित्र ‘मास्टरनी’ को पहिलो झलक सार्वजनिक भएको छ ।  आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरिएको हो।  भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रको सम्पूर्ण सुटिङ सम्पन्न

केकी अधिकारीले गरिन ‘स्टेशन’को घोषणा

नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले चलचित्र ‘स्टेशन’ निर्माणको घोषणा गरेकी हुन् । “वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ ।